काठमाडौँ, २६ चैत–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रमुख आइजीपी दीपक थापा सत्तारुढ दल एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष भएको गम्भीर आरोप लगाएका छन्।
अध्यक्ष लिङ्देनले प्रहरीले नै म्याद नाघेको अश्रुग्याँस प्रहार गरेको दावी गरे। उनले दुर्गा प्रसाईंले ल्याएर हान्यो म्याद गुज्रेको अश्रुग्याँस भनेर प्रचार गरिएको बताए।
मंगलवार काठमाडौँको बल्खुमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाको जिम्मेवार प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख रहेको टिप्पणी गरे।
उनले देश गणतन्त्रवादीहरूको मात्र नभई राजा आउनुपर्छ भन्नेहरूको समेत भएका कारण अफवाह फैलाउने काम नगर्न सञ्चार गृहहरूलाई आग्रह गरे।

