शेखर कोइराला

चितवन, २६ चैत–सत्ता साझेदार नेपाली कांग्रेस नेता डा। शेखर कोइरालाले देशको अर्थतन्त्र सम्हाल्ने राष्ट्र बैंक समेत बिचौलियाले चलाउन थालेको बताएका छन्।

आज (मंगलबार) नारायणगढमा चितवन कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले भने ‘एक महिना पहिल्यै हुनुपर्ने राष्ट्र बैंकको गभर्नर नियुक्ति अझै भा’छैन । छनोट समिति बने पनि बैठक नै बसेको छैन। बिचौलियाको चलखेलबाट राष्ट्र बैंक पनि बचेन।’

देश र विश्वकै अर्थतन्त्र ओरालो लागेका बेलामा सक्षम र निष्कलंक व्यक्तिलाई गभर्नर बनाउनु पर्नेमा बाटो बिराउन थालेको उनले बताए। सरकार राजनैतिक संयन्त्रले चलाउन नहुनेमा उनले जोड दिए।

संविधान संशोधन अत्यावश्यक देखिए पनि अब कांग्रेस–एमालेले मात्रै हैन कम्तीमा संसद्का सबै दल, नागरिक समाज र कानुन विज्ञहरूको सल्लाहमा संशोधन हुनुपर्ने उनको भनाइ छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *