दमक, २६ चैत–दमकमा हुने नेकपा (एमाले) को जनसभा जनताको साझा कार्यक्रम रहेको नेकपा एमाले कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले बताउनुभएको छ ।

आज दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमुख्यमन्त्री समेत रहनुभएका नेता राईले चैत ३० को कार्यक्रम जनताको मुद्धामा केन्द्रीत हुने बताउनुभयो ।

एमाले सरकारमा छ, एमाले नै सडकमा किन आउनुपर्यो भन्ने जिज्ञासा बारे बोल्दै नेता राईले भन्नुभयो ‘लोकतन्त्र र गणतन्त्र सत्ताको मात्र विषय होइन । यो जनातको मुद्धा हो । यो जनसभा सरकारको कामसँग सम्बन्धित छैन । जनताले आफ्नो बलिदानीबाट प्राप्त गरेको उपलब्धीसँग सम्बन्धित छ । यो सवाल आम जनताको सवाल हो, जनताको सवाल एमालेको सवाल हो । त्यसैले सडकमा आउँछौं ।’ संविधानको रक्षाका लागि सडकमा आएको उहाँको धारणा छ ।

राष्ट्रहितका लागि निर्णायक शक्ति एमाले भएकाले उपलब्धी रक्षाका लागि जनसभाको आयोजना गरिएको उहाँको धारणा छ । एमाले जनताको आवाज बोकेर हिड्ने पार्टी भएकाले चैत ३० गते सबैलाई सहभागी हुन आव्हान गर्दछौं, उहाँले थप्नुभयो ।

दमक–७ स्थित पशुहाटमा आयोजना गरिने जनसभामा एमालेले १ लाख जनता उतार्ने तयारी गरेको छ । कोशी प्रदेश स्तरीय जनसभाको आवश्यक तयारी अन्तिम चरणमा पुगेको मुल स्टेरिङ कमिटीका संयोजक पार्टीका स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिनुभयो ।

जनसभाको प्राविधिक कामहरु धमाधम भइरहेको बताउँदै उहाँले चैत ३० गते सबै झापाबासी जनतालाई सहभागिताका लागि आव्हान गर्नुभएको छ । यस्तै, पत्रकार सम्मेलनमा उहाँले जनसभामा सहभागीहरु आफ्नै व्यवस्थापनमा आउने जानकारी दिनुभयो ।

जनसभाको प्रचारका लागि २९ गते मोटरसाइकल र्लायी आयोजना गरिएको बताइएको छ । दमकबाट सुरु हुने र्याली बाह्रघरे–स्कुल चौन–गौरीगञ्ज–गौरादह हुँदै–पाँडाजुँगीमा समापन हुने छ । सभालाई पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु हुने प्रेष चौतारी झापाका उपाध्यक्ष राजु पोख्रेलले जानकारी दिनुभएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *