काठमाडौँ, २६ चैत–नेकपा (एकीकृत समाजवादी) गुल्मी जिल्ला कमिटीको १२औँ जिल्ला अधिवेशन आज (मंगलबार) सम्पन्न भएको छ।
गुल्मीको तम्घासमा सम्पन्न १२औं जिल्ला अधिवेशनले राम मल्ल ठकुरीको अध्यक्षमा ४३ सदस्सीय जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको छ।
जिल्ला कमिटीको उपाध्यक्षमा कमला बराल र रामजी ज्ञवाली, सचिवमा वशन्त अधिकारी र उपसचिवमा साबित्रा भण्डारी, पिताम्बर पौडेल र सन बहादुर बुचा चयन हुनुभएको छ।
पार्टीका उपमहासचिव मेटमणि चौधरीको प्रमुख आतिथ्यता एवं पार्टीका स्थायी कमिटी सदस्य तथा विद्यार्थी फाँट इन्चार्ज रामकुमार झाँक्रीको विशिष्ट आतिथ्यतामा सम्पन्न जिल्ला अधिवेशनले ४३ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत निवार्चित गरेको हो।
