विजयप्रसाद मिश्र

काठमाडौँ, २८ चैत–नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित भएका छन्।

बिहीबार आएको मतपरिणामअनुसार वरिष्ठ अधिवक्ता मिश्र पाँच हजार ५२ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

नेपाल बार एशोसिएसनमा नेपाली कांग्रेस र नेकपा ९एमाले० निकट कानुन व्यवसायी संगठन तथा नेकपा ९माओवादी केन्द्र० र रास्वपानिकट कानुन व्यवसायी संगठनबीच गठबन्धन थियो।

कांग्रेस(एमाले गठबन्धनबाट अध्यक्षमा मिश्रसहित प्यानल नै निर्वाचित भएको हो।

अध्यक्षमा माओवादी(रास्वपा गठबन्धनका उम्मेदवार रमनकुमार श्रेष्ठले दुई हजार छ सय २१ मत ल्याएका छन्।

कांग्रेसनिकट कानुन व्यवसायीहरूले अध्यक्षसहित १२ पद र एमालेनिकट कानुन व्यवसायीहरूले महासचिवसहित १२ पदमा उम्मेदवारी दिएका थिए।

महासचिवमा केदारप्रसाद कोइराला निर्वाचित भएका छन्। उनले ४८७४ मत ल्याए। उनका प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले २३६७ र हरिशरण कार्कीले २४० मत ल्याएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *