काठमाडौँ, २७ चैत–नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) प्युठानको १०औँ जिल्ला अधिवेशनले डा।भोजविक्रम बुढामगरलाई अध्यक्ष चयन गरेको छ।
आज (बुधबार) प्युठान नगरपालिका ४ जुम्री स्थित होटल आयुस्मामा सम्पन्न अधिवेशनले मगर पुन सर्वसम्मत चयन गरेको हो। कमिटीको उपाध्यक्षमा नुम बहादुर पुन र खिम बहादुर सुनार, सचिवमा धर्मराज भण्डारी त्यस्तै उपसचिवमा थमन साठीघरे मगर, हुम बहादुर मल्ल, महिला उपसचिवमा सिर्जना सुनार चयन हुनुभएको छ।
बुढा मगरको नेतृत्वमा ५७ सदस्सीय कमिटी सर्वसम्मत चयन गरेको छ। १०औँ जिल्ला अधिवेशनको पूर्वमन्त्री तथा पार्टी केन्द्रीय उपमहासचिव मेटमणि चौधरीले उद्घाटन गर्नुभएको थियो।
अधिवेशनमा पार्टी सचिव सोम प्रसाद पाण्डे, पूर्वमन्त्री तथा पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री, केन्द्रीय सदस्य अहमत अब्दुल असुल, मिना परियार र केन्द्रीय निर्वाचन आयोग सदस्य कृष्ण रायमाझी र नेकपा माओवादी केन्द्र प्युठानका संयोजक यज्ञ बहादुर केसी ९प्रभात० ले शुभकामना मन्तव्य राख्नुभएको थियो। उक्त कार्यक्रमको सञ्चालन सचिव धर्मराज भण्डारीले गर्नुभएको थियो।
