झापा, २९ चैत–माछा पोखरीमा डुबेर इलाममा एकजना बालिकाको मृत्यु भएको छ ।

इलाम सूर्योदय नगरपालिका वडा नं १२ घर भई हाल वडा न ९ सुन्दरपानीस्थित सन्दिप पराजुलीको घरको रेखदेखको लागि बस्दै आएका राजकुमार राईकी छोरी ८ वर्षीया प्रिङतिका राईको पराजुलीकै माछा पोखरीमा डुबेर मृत्यु भएको हो ।

आज दिउँसो ३।३० बजेतिर पोखरीमा डुबेर मृत अवस्थामा देखेर बालिकाकी आमा अस्मिता राईले पोखरीबाट बाहिर निकालेकी थिइन् । प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *