काठमाडौँ, ३० चैत–नेकपा (एकीकृत समाजवादी) रौतहटको नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ।
चैत २८ र २९ गते सम्पन्न अधिवेशनले कमलराय यादवको नेतृत्वमा ६२ सदस्सीय जिल्ला कमिटी चयन गरेको हो।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहत जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्नुभएको थियो ।
सो अधिवेशनले जिल्ला कमिटी उपाध्यक्षमा जिन्दा देवी र मदनप्रसाद सापकोटा निर्विरोध निर्वाचित गरेको छ।
त्यस्तै, सचिवमा वालकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ भने पविन्द्र प्रसाद पटेल, ब्रजेश सिंह र रामवली कुमार यादवलाई उपसचिवमा निर्विरोध निर्वाचित गरिएको छ।
