अर्जुनधारा, १० वैशाख–नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीले नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस तथा आन्दोलन घोषणा कार्यक्रम सम्पन्न गरेको छ ।
हिजो (मंगलबार) इलामको माइ नगरपालिका वडा नम्बर ४ सुखानीस्थित शहिद पार्कमा कार्यक्रमको आयोजना गरेर पार्टी स्थापना दिवस मनाउनुका साथै आन्दोलन घोषणा गरिएको हो । एकीकृत समाजवादी इलाम जिल्ला कमिटी र जिल्ला कमिटी झापाको संयुक्त व्यवस्थापनमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
नेपालमा कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवस र झापा बिद्रोहका ५ जना योद्धालाई पञ्चायती शासकले इलाम जेल चलान गर्ने क्रममा २०२९ फागुन २१ गते सुखानी जङ्गलमा हात्या गरेको सम्झानामा कार्यक्रम आयोजना गरिएको एकीकृत समाजवादी केन्द्रीय सदस्य निलमणी बरालले जानकारी दिनुभयो ।
एकीकृत समाजवादी पार्टी कोशी प्रदेश अध्यक्ष सरिता थापा खडकाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बरिष्ठ नेता घनेन्द्र बस्नेतको प्रमुख आतिथ्यता थियो ।
जहानियाँ राणा शासनकै समयमा २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।
उनिहरुले बिजारोपण गरेको पाटी अहिले बिभिन्न नाममा बिभाजन भएर देशमा सत्ता र प्रतिपक्ष भएर कम्युनिस्ट हरु सत्ताको वरीपरी रहेका छन।
स्थापनाको सात दशकको इतिहासमा पटक(पटक कम्युनिस्टले नेपालमा शासनसत्ता चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनले गति पाएको थियो । श्रृंखलावद्ध टुटफुट र सत्ताकेन्द्रित राजनीतिले नेपालमा कम्युनिष्ट आन्दोलन धरापमा परेको बिज्ञहरुको भनाई छ
पछिल्लो समय केपी ओली नेतृत्व गरेको कम्युनिस्ट पाटी सरकारमा रहेर निरङ्कुश ढंगले लागे पछि त देश झन संकट पुर्ण स्थितिमा रहेको सहभागी हरुले बताएका छ्न ।
सुशासन र रोजगारी समाजबादको तयारी भन्ने मुल नारा सहित नेकपा एकीकृत समाजवादी पाटीले अहिलेको सरकार विरुद्ध चरण बद्द आन्दोलन गर्ने घोषणा गरेको छ। आनदोलन यही बैशाक दोस्रो हप्तादेखि शुरु हुने बताइएको छ ।
सो अवसरमा पोलिट्ब्युरो सद्स्य महेश रेग्मी, कोशीका पुर्वमन्त्री समेत रहनुभएकी पोलित्व्यूरो सदस्य खिनु ल्वाङ्वा लिम्बु, पोलिट्ब्युरो सदस्य बिद्या चाम्लिङ राई, झापा इन्चार्ज पुष्पराज पोख्रेल, कोशीका पुर्वमन्त्री उपेन्द्र घिमिरे, केन्द्रीय सदस्य तथा झापा सहइन्चार्ज निलमणी बराल, केन्द्रीय सदस्य तथा भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठ, केन्द्रीय सदस्य सविता भेटुवाल, जिल्ला समन्वय समिति इलाम उपप्रमुख चित्रकला बराइली, पाटीका मोरङ जिल्ला अध्यक्ष चन्द्रप्रकाश राई, झापा जिल्ला अध्यक्ष बेदराज रेग्मी, इलाम जिल्ला अध्यक्ष लगायत पाटीका बिभिन्न तह र पालिकाका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सो अवसरमा पार्टी निकट जनसाँस्कृतिक विभागका कलाकाहरुले जनवादी गीत र नृत्य प्रस्तुत गरेर कायृक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए । कार्यक्रमको संचालन अम्बिका उप्रेती र अमृता राइले गर्नुभएको थियो ।
