काठमाडौं, १० वैशाख–नेपाल प्रहरीका पूर्व महानिरीक्षाक दुर्लभकुमार थापाको निधन भएको छ । ९७ वर्षीय थापाको मंगलबार निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
२०३५ देखि ०३९ सम्म उनी नेपाल प्रहरीको महानिरीक्षक भएका थिए । उनकै अग्रसरतामा आईजीपी निवासको निर्माण, कमाण्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गणको स्थापना भएको थियो ।
प्रहरी, नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाले पूर्व महानिरीक्षक दुर्लभकुमार थापको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
दिवंगत थापालाई प्रहरी वृत्त गौशालामा श्रद्धाञ्जली दिएपछि आर्यघाटसम्म शवयात्रा गरिँदै छ । बिहान १० बजे श्रद्धाञ्जली दिएपछि शवयात्रा हुने बताइएको छ.श्रद्धाञ्जलीका लागि पौने १० बजेदेखि प्रहरी अधिकृतहरु गौशाला पुग्ने कार्यक्रम छ ।
महानिरीक्षक दीपक थापा, एआइजीहरु, डिआइजीहरु, एसएसपीहरु त्यहाँ पुग्दैछन् । श्रद्धाञ्जली समारोहमा उपस्थित हुन चाहने अन्य प्रहरी अधिकृत तथा कर्मचारीलाई कार्यालय पोशाकमा उपस्थित हुन भनिएको छ ।

