जयन्ती राई

काठमाडौं, १० वैशाख–अखिल नेपाल महिला संघ (समाजवादी) को राष्ट्रिय सम्मेलन सरेको छ। संघले यहि बैसाख २६ र २७ गते गर्ने भनेको सातौँ राष्ट्रिय सम्मेलन सरेको जनाएको छ।

संघको उपलब्ध पदाधिकारीको बुधबार बसेको बैठकले सो सम्मेलनको मिती परिर्वत गर्दे आगामी जेठ ३ र ४ गते काठमाडौंमा गर्न लागेको संघको प्रचार विभाग प्रमुख चमिना भट्टराईले जानकारी दिइन्।

‘सम्मेलनका लागि धेरै काम पूरा भइ सके पनि प्रविधिक रुपमा सम्म्ेलन सार्नु परेको हो,’ प्रमुख भट्टराइले भनिन्, ‘अब तोकिएकै समयमा भब्य रुपमा सम्मेलन हुने छ।’ उनकाअनुसार संगठकको अधिकांश जिल्ला र प्रदेशका सम्मेलन भइ सकेका छन्।

सम्मेलनका लागि प्रतिनिधि छनौटको काम समेत सुरु भएको उनले बताइन्। सम्मेलनमा देशका करिब ६ सय प्रतिनिधि सहभागी हुने छन् । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने उनले बताइन ।

नेकपा (एमाले) सँग बिद्रोह गरी माघवकुमार नेपालको नेतृत्वमा नेकपा (एकिकृत समाजवादी) पार्टी गठन भएपछि संगठनले पहिलो पटक सम्मेलन गर्न लागेको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *