पूर्णबहादुर तामाङ

काठमाडौं, १० वैशाख–ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आज (बुधबार) बर्खास्त गरेका हुन् ।

राज्यमन्त्री तामाङको कार्यशैलीमा प्रश्न उठेपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिन सुझाएका थिए । तर, राज्यमन्त्री तामाङले राजीनामा नदिने अडान लिएपछि प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन् ।

कांग्रेसको कोटाबाट ऊर्जा राज्यमन्त्री बनेका उनी नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्न नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *