रघुजी पन्त

काठमाडौं, १० वैशाख–नेकपा (एमाले) का नेता रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई आज (बुधबार) शिक्षामन्त्री नियुक्त गरेका हुन् । राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै पन्तलाई शिक्षामन्त्री नियुक्त गरिएको जानकारी दिएको हो ।

स्रोतका अनुसार पन्तको शपथ ग्रहण कार्यक्रम भोलि बिहीबारका लागि तय भएको छ । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् ।

गत वैशाख ८ गते विद्या भट्टराईले राजीनामा दिएपछि शिक्षामन्त्री पद खाली थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *