शिबगञ्ज, ११ वैशाख–शिवसताक्षी नगरपालिका वडा नं ४ र ५ का किसानलाई तालिमसहित वीउ विजन वितरण गरिएको छ । गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत वडाका १८ वटा समूहलाई स्प्रे ट्यांकी प्रदान गरिएको छ । त्यस्तै, आजैबाट स्थानीय किसानहरुलाई तरकारी खेती सम्वन्धी तालिम सुरु गरिएको छ ।

दुई दिने तालिमको उद्घाटन गर्दैै शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले कृषि उत्पादनका लागि विषादीको गलत प्रयोगबाट मासिनलाई विभिन्न रोगहरुको लाग्दै आएको बताइन् ।

उपभोक्ता तथा किसानहरुलाई थाह नभएका कारण समस्या भएको बताइन् । कृषि उत्पादनका लागि लगाइदै आएको विभिन्न प्रकार भिटामिन तथा विषादीहरुको सही प्रयोग गर्न तालिमले सहयोग गर्ने अपेक्षा गरिएको जानकारी दिइन् ।

गरिबसँग विशेश्वर कार्यक्रम अन्तर्गत संघीय सरकारबाट आएको १ लाख बजेटबा कृषि सामाग्री वितरण र तालिम सञ्चालन गरिएको हो ।

यहाँका १८ वटा कृषक समुहलाई १–१ थान कृषि उपकरण स्प्रे ट्यांकी वितरण गरिएको छ । उपकरणसहित वीउ बिजनसहित तालिम प्रदान गरेपछि स्थानीयले कृषि उत्पादन बढाउने नगरपालिकाले आशा गरेको छ । तालिम भोली समापन हुने छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *