काठमाडौं, ११ वैशाख–सत्ताघटक नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको निवास बालुवाटारनजिकै प्रदर्शन गरेको छ।

नेविसंघ नेता विनोदराज जोशीले सेतोपाटीलाई दिएको जानकारीअनुसार बिहीबार दिउँसो करिब १ बजे उनीहरूले बालुवाटारनजिकै प्रदर्शन गरेका हुन्।

प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। केशरजंग बराललाई राजीनामा दिन बाध्य गरेको आरोप उनीहरूको छ।

साथै शिक्षा मन्त्री विद्या भट्टराईलाई असहयोग गर्दै राजीनामाका लागि बाध्य पारेको र आन्दोलनरत शिक्षकहरूका माग पूरा गर्न तत्परता नदेखाएको भन्दै नेविसंघले प्रधानमन्त्रीविरूद्ध प्रदर्शन गरेको जनाएको छ।

प्रदर्शनमा उत्रिएका नेविसंघ नेता कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेविसंघ प्रवक्ता सुरज सेजुवालले विनोदराज जोशी, विवेक आचार्य, उपासना अधिकारी, जितेन्द्र तिमिल्सिना, सुमित भट्टराई, मनिष भट्टराई, आदर्श तिवारी, हिमाल विष्टलगायत पक्राउ परेको जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *