दमक, ११ वैशाख–पूर्वकै प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल दोमुखालाई थप सुन्दर र आर्कषक बनाइने भएको छ । शिबसताक्षी–१० माइधारदेखि उत्तर चुरे घनाजङ्गलसंगै कनकाई (माई) खोलाको किनारमा अवस्थित दोमुखामा आगान्तुक तीर्थालु पर्यटकहरुका लागि सुन्दर र आर्कषक बनाइने भएको हो ।

दोमुखा धार्मीक तथा पर्यटकीय विकास संस्थाले आज (विहिबार) दोमुखामा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । संस्थाका अध्यक्ष धनप्रसाद लावतीका अनुसार दोमुखा धार्मीक र पर्यटनको हिसावले लोकप्रिय प्रसिद्ध स्थल भएको बताउनुभयो । लावतीले दोमुखामा १०८ जलधारा निर्माणका लागि महत्वकाक्षी योजना र आवश्यक तयारी गरिरहेको जानकारु िदिनुभयो ।

जलधारा निर्माणका लागि आवश्यक गुरुयोजना बनाइएको र बैशाख १७ गते भूमि पूजन गरी सवा लाख बत्ती बालेर काम थालिने संस्थाका अध्यक्ष लावतीले बताउनुभयो ।

त्रधजलधारा निर्माणका लागि आवश्यक तयारी र व्यवस्थापनका काम सुरु गरिएको दोमुखा धार्मीक तथा पर्यटकीय विकास संस्थाका उपाध्यक्ष रमेश तिम्सिनाले जानकारी दिनुभयो ।

उपाध्यक्ष तिम्सिनाले मुक्तिनाथ धामको शैलीमा १०८ धारा निर्माण गरिने जानकारी दिए । उनले भूमि स्थित काली गण्डकीको जल ल्याएको समेत बताए ।

प्रसिद्ध कनकाई नदीको किनारमा अवस्थित दोमुखामा मकर नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्छ । मनोरम प्राकृतिक वातावरणको संगमका रुपमा प्रसिद्धि कमाएको दोमुखा पूर्वी नेपालको पर्यटकीय आकर्षणको केन्द्र पनि हो ।

प्राकृतिक सम्पदाको उपयोग गर्दै भौतिक संरचनागत विकासलाई संस्थाले पहिलो प्राथमिकतामा राखेको संस्थाका सचिव धनकुमार ढकालले बताए । संस्थाले तयार पारेको गुरु योजना अनुसार कनकाईको पानीलाई १०८ धारामा जोडिनेछ ।

करिव ८५ लाख रुपैयाँको लागत स्टीमेटसहित जलधारा निर्माणको काम अगाडि बढाउने तयारी गरिएको हो । सरकारी सहयोगबाहेक जनसहभागिताका आधारमा जलधारा निर्माण गर्ने लक्ष्य राखिएको छ ।

प्रवर्द्धन प्रवर्द्धन रिवार वा वंशको नाम राख्ने गरी एउटा धारा निर्माणका लागि ५१ हजार रुपैयाँ लिइने संस्थाका सचिव धनकुमार ढकालले जानकारी दिनुभयो । व्यक्तिगत नाम राखेर धारा निर्माण गर्ने भए ३५ हजार रुपैयाँ तिर्नु पर्ने व्यवस्था मिलाइएको छ ।

स्रोत व्यवस्थापनका लागि सप्ताहव्यापी श्रीमद्भागवत महापुराण र धार्मिक तथा सांस्कृतिक महोत्सव आयोजना गरिने सचिव ढकालले जानकारी दिए । संस्थाले निर्माण गर्ने जलधारा ढुंगाले कुँदिएका हुनेछन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *