काठमाडौँ, १२ वैशाख–नेकपा (एकीकृत समाजवादी) ले मङ्गलबार भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको विरोध गरेको छ।

शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालले एक विज्ञप्ति जारी गरेर उक्त घटनाको विरोध जनाउनु भएको छ। जारी विज्ञप्तिमा भनिएको छ,‘विसं।२०८२ बैशाख ९/ २२ अप्रिल २०२५० गते मङ्गलबार भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको हाम्रो पार्टी नेकपा ९एकीकृत समाजवादी० घोर भर्त्सना गर्दछ।

पर्यटनको सिलसिलामा विभिन्न स्थानबाट त्यहाँ पुगेका २६ जना निर्दोष व्यक्तिको ज्यान जाने गरी गरिएको यस अपराधपूर्ण कार्यप्रति हाम्रो पार्टीको गंभिर ध्यानाकर्षण भएको छ। आफ्ना प्रियजनहरू गुमाउने परिवारजनप्रति गहिरो दुःख तथा समवेदना व्यक्त गर्दछौँ र यस बर्बर आतङ्कवादी आक्रमणबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

यस आतङ्कवादी हिंसात्मक आक्रमणमा बुटवल उपमहानगरपालिका १४, रूपन्देही घर भएका नेपाली नागरिक सुदीप न्यौपानेको नृशंस हत्या भएको छ। हामी उनको दुःखद निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ। हाम्रो पार्टी यस्ता सबै प्रकारका आतङ्कवादको घोर निन्दा गर्दछ।

हामी यस्ता जघन्य र कायरतापूर्ण कार्यहरूलाई कुनै पनि बहानामा छुट दिनु हुदैन भन्ने मान्यता राख्दछौँ र सबै शान्तिप्रेमी जनता र राष्ट्रहरूले यस्ता आपराधिक कार्यको निन्दा गर्न पनि अनुरोध गर्दछौँ। यस दुःखद घडीमा भारतीय जनता र भारत सरकारसँग हामी साथमा छौँ भन्ने विश्वास दिलाउन चाहन्छौँ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *