काठमाडौँ, १६ वैशाख–नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले शिक्षकहरूका मागहरू सम्बोधन नगरे सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउने चेतावनी दिनु भएको छ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो चेतावनी दिनुभएको हो। शिक्षकका जायज मागहरू पूरा गर्न यथा शिघ्र शिक्षा ऐन नल्याए शासकहरू भाग्नुपर्ने परिस्थिति बन्ने उहाँको टिप्पणी छ।
उहाँले सरकारले शिक्षकहरूका जायज मागहरू पुरा गर्नुको सट्टा दमन गरिरहेको आरोप लगाउनु भयो। उहाँले सरकारले शिक्षकहरूमाथि जंगली व्यवहार र दमनपूर्ण व्यवहार देखाएको भन्दै पार्टीको संसदीय दलको तर्फबाट घोर भर्त्सना गर्नुभयो।

