अर्जुनधारा, २७ बैशाख–अर्जुनधाराका पत्रकार अमित खम्बू पुरस्कृत भएका छन् ।सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ झापाको शनिबार सम्पन्न भएको २१औं परिषद् सभामा चन्द्रमान राई स्मृति पुरस्कारबाट पूर्वाञ्चलकर्मी खम्बू पुरस्कृत भएका हुन् ।
महासंघका अध्यक्ष वेदप्रकाश भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि महासंघका राष्ट्रिय कार्यसमिति सदस्य रोहिणीप्रसाद गौतम, महासंघ कोशी प्रदेश सदस्य खेम सिटौला र अध्यक्ष भण्डारीले उनलाई सम्मान पत्र, नगद पुरस्कार सात हजारसहित दोसल्ला ओढाई पुरस्कृत गरेका थिए ।
पत्रकारिताको माध्यमबाट सामुदायिक वनको हक, हित र अधिकार स्थापना साथै वनको संरक्षण र व्यवस्थापनमा पुर्याइएको योगदानको मूल्याङ्कन गर्दै पत्रकार खम्बूलाई पुरस्कृत गर्ने निर्णय कार्यसमितिले गरेको अध्यक्ष भण्डारीले जानकारी दिए ।
त्यसैगरी चन्द्रमान राई स्मृति पुरस्कारबाट डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत जीवनप्रसाद पाठकलाई पनि सम्मान पत्रसहित नगद पुरस्कार सात हजार र दोसल्ला ओढाई पुरस्कृत गरिएको थियो ।
