फाइल तस्विरः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौँ, २० वैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल एमालेसँग पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ।

साथै उहाँले एकीकृत समाजवादीको निम्ति जनताको मतको कमी नरहेको बताउनु भएको छ।

आज (शनिबार( काठमाडौँमा आदिबासी जनजाती महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीको निम्ति जनमतको कमी नरहेको जिकिर गर्नुभयो।

अध्यक्ष नेपालले भन्नुभयो,‘अझै म भन्छु, हाम्रा साथीहरु लाखौँको संख्यामा सहकारी संगठनमा आवद्ध छन्। एनजीओ, आइएनजीओमा संलग्न छन्। तिनीहरूको लाखौँ भोट यो पार्टीमा ल्याउनको लागि भनेर लागेको भए राष्ट्रिय पार्टी बन्न कुनै गाह्रो थिएन। सजिलै गरी अरुलाई हामीले उछिन्ने थियौँ। हामीसँग जनताको मतको कमी छैन।’

अहिले पनि आफू देश दौडाहामा जाँदा हिमाल, पहाड र तराईका कुनैपनि ठाउँमा पार्टीलाई साथ दिने जनताको कमी महसुस नगरेको उहाँको भनाइ थियो।

अध्यक्षले नेपालले अगाडि भन्नुभयो, ‘अस्ति भर्खरै पनि म कर्णाली प्रदेश पुगेर आएँ। कालीकोटको रास्कोटमा पुगेर आएँ। हुम्ला जाने त्यत्रो विकट ठाउँमा भएको अधिवशेनमा मैले मान्छेको हजारौँको जुलुस कार्यक्रममा सहभागिता देखेँ। रौतहट, सप्तरी जिल्लाको कार्यक्रममा पनि हजारौँ, हजार मानिसको सहभागिता देखेको थिएँ। अनि मैले भनेँः तराई होस्, पहाड होस्, हिमाल होस् हाम्रो पार्टी सबै ठाउँमा अगाडि बढिरहेको छ। यो पार्टीलाई अझै अगाडि बढाएर जाने हो। अरु पार्टी भन्दा शक्तिशाली बनाउने, त्यो तपाईं हामीमाथि भर पर्छ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *