दमक, २० वैशाख–झापाको अर्जनधारामा आज सम्पन्न कोशी प्रदेशस्तरीय प्रथम मेयर कपः तेक्वान्दो प्रतियोगितामा दमकस्थित सगरमाथा तेक्वान्दो डोेजाङकी प्रशिक्षार्थी खेलाडी लाजेमा लिम्बूले दुई मेडल हात पार्न सफल भएकी छन् ।
्
३९ केजीतर्फ फाइटमा दमककी लाजेमा लिम्बूले रजत पदक हात पारिन भने पुम्सेमा कास्य पदक हात पार्न सफल भएको हो । दमकस्थित एकता एकाडेमीमा अध्ययनरत लाजेमा लिम्बूले हालै मात्र ब्ल्याक बेल्ट प्राप्त गरेकी छन् । त्यस्तैं, लाजेमाले यसअघि जिल्लास्तरीय तेक्वान्दो प्रतियोििगतामा दर्जनौ पदकहरु जितेका सगरमाथा तेक्वान्दो डोजाङकी प्रशिक्षक एबम् तेक्वान्दोका वरिष्ठ प्रशिक्षक मिरा काफ्लेले जानकारी दिनुभयो ।
अर्जुनधारा नगरपालिकामा हिजो शुक्रबारदेखि कोशी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको थियो । सो प्रतियोगितामा बिजेताहरुलाई नगर प्रमुख तथा प्रतियोगिताका प्रमुख अतिथि बलदेब सिंह गोम्देन र नेपाल तेक्वान्दो संघ जिल्ला समिति झापाका अध्यक्ष बाबुलाल सुब्बाले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो ।
अर्जुनधारा नगर तेक्वान्दो समितिको आयोजना र अर्जुनधारा नगर खेलकुद विकास समितिको सहआयोजना रहेको सो प्रतियोगिता आज (शनिबार) सम्पन्न भएको हो । प्रतियोगिताको समापन समारोहका अध्यक्षता अर्जुनधारा नगर तेक्वान्दो समितिका संयोजक कुमार भट्टराईले गर्नुभएको थियो ।

