फाइल तस्विरः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौँ, २१ वैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सौर्य जहाज दुघर्टनाबारे पीडितसँग छलफल गर्न सुझाव दिनुभएको छ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणका बारेमा अन्तर्राष्ट्रिय समितिलाई अनिवार्य जानकारी गराउनुपर्ने बताउनु भएको छ। सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री र मन्त्रीहरूले विदेश भ्रमण गर्दा उठाएका विषयवस्तुको समितिलाई अनिवार्य जानकारी हुने व्यवस्था गर्नुपर्ने बताउनुभएको हो।

समितिको वार्षिक प्रतिवेदनबारे आन्तरिक छलफलका क्रममा अध्यक्ष नेपालले सौर्य जहाज दुर्घटनाका विषयमा समितिमा छलफल नभएकाले पीडितहरूसँग छलफल गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री र मन्त्रीहरुहरुलाई आफ्नो भ्रमणका बारेका समितिलाई जानकारी गराउन आवश्यकता बोध गराउनुपर्ने उहाँको भनाई छ।

२०८१ साउन ९ मा पोखराका लागि उडेको सीआरजे जहाज धावनमार्ग छाडेर १३० फिट उचाइमा पुगेको ४ सेकेन्डमै असन्तुलित भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलछेउकै जमिनमा बजारिँदा १८ जनाको ज्यान गएको थियो। जहाज उछिट्टिएको ककपिटबाट घाइते क्याप्टेन मनीषरत्न शाक्यलाई उद्धार गरिएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *