राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र

काठमाडौँ, २१ वैशाख–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मिश्र सहित २५ जनालाई जिल्ला अदालत काठमाडौँले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन्।

मिश्र र दुर्गा प्रसाईसहित २५ जनामाथि प्रहरीले थुनामा राखेर राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ। अदालतले आइतबार छैटौंपटक म्याद थप गर्दै उनीहरूलाई हिरासतमा राख्न अनुमति दिएको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *