विराटनगर, २१ वैशाख–नेकपा (एकीकृत समाजवादी) को कोशी प्रदेश कमिटीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई जनजीविकाको सवालमा ज्ञापनपत्र बुझाएको छ।

प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले प्रदेशले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने विभित्र विषय समेटेर मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएकी हुन्। ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेशले तत्काल सक्ने जति माग पूरा गर्ने र अरू माग विस्तारै पूरा गर्ने बताए।

एकीकृत समाजवादीको केन्द्रीय कार्यक्रमअन्तर्गत आज मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाइएको हो। कार्यक्रममा पूर्वमुख्यमन्त्री एवं एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई पनि सहभागी थिए।

उनले अहिले सरकारको नीति कार्यक्रम र बजेट बनाउने वेला भएकाले आफ्नो पार्टीले राखेको माग सम्बोधन गर्न सजिलो हुने उल्लेख गर्दै त्यसतर्फ ध्यानाकर्षण गराए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *