धनुषा, २३ वैशाख–नेकपा (एमाले) धनुषाको आठौं जिल्ला अधिवेशनमा कुर्सी हानाहान भएको छ।

जनकपुरमा जारी अधिवेशनमा मंगलबार सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया, निवर्तमान अध्यक्ष राजकिशोर यादव पक्षबीच विवाद उत्पन्न भएको एक प्रतिनिधिले जानकारी दिए।

एमाले धनुषाको अधिवेशन आइतबादेखि सुरू भएको थियो।

नयाँ नेतृत्व चयनका लागि सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गरिएको थियो। त्यसअनुसार उम्मेदवारी दर्ता भई अन्तिम नामावली प्रकाशन गर्ने बेलामा विवाद भएको हो।

‘केन्द्रीय सदस्य अरगरिया र निवर्तमान अध्यक्षको समूहले निर्वाचन गराउनका लागि आएका केन्द्रीय निर्वाचन आयोग प्रमुख विजय सुब्बालाई गालीगलौज गर्नुका साथै निर्वाचन समितिको कार्यकक्षमा रहेको कम्प्युटर, ल्यापटपसमेत तोडफोड गरेका छन्,’ ती प्रतिनिधिले भने।

केन्द्रीय सदस्य अरगरिया र निवर्तमान अध्यक्षको समूहले निर्वाचन हार्ने डरले चुनाव भाँड्न खोजेको आरोप उनको छ।

अध्यक्षमा भोला यादव र लक्ष्मीनारायण यादवले उम्मेदवारी दर्ता गरेका छन्। भोला महासेठ पक्षधर हुन् भने लक्ष्मीनारायण उमाशंकर(राजकिशोर पक्षका हुन्।

मधेस प्रदेश इन्चार्ज स्थायी कमिटी सदस्य लिलानाथ श्रेष्ठ हुन्। अधिवेशन गराउने सन्दर्भमा उनको भूमिका नै शंकास्पद देखिएको भन्दै उनीविरूद्ध पनि नाराबाजी भएको ती प्रतिनिधिले जानकारी दिए। एमाले धनुषामा ६३० जना प्रतिनिधि छन्।

एमालेको ७७ जिल्लामध्ये अधिवेशन हुन धनुषामा मात्रै बाँकी थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *