पीडित सुशीला राजवंशीसहित उनका आमा नयन र श्रीमान बिनोद । तस्विरः डायमण्ड कार्की/झिलझिले

धरमपुर, २३ बैशाख–शिवसताक्षी–१ धरमपुरस्थित शुक्रबारे बजारकी सुशिला राजवंशीको उपचारमा अहिले खर्च अभाव भएको छ । स्वास्थ्यमा जटिल समस्याले च्यापेपछि सुशीलालाई विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारका लागि दैनिक ल्याउनका लागि निकै सकस भएको पीडितकी श्रीमान बिनोद राजवंशीले बताए ।

पित्त थैलीमा समस्या भएपछि बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा भर्ना भएकी थिइन । अस्पतालले केही दिन उपचार गरी विराटनगर रेफर गरेको उनका श्रीमान विनोद राजवंशीले जानकारी दिए । उनका अनुसार सुशिलाको पाँच वर्षमा ५ ओटा अपरेशन गरिसकिएको छ । विराटनगरमा पित्त थैलीको अपरेस गरिएको थियो ।

त्यसपछि, सुशीलालाई हर्निया र आन्द्रामा समस्या देखिएको थियो । त्यहाँ, हर्निया र आन्द्राको अपरेशन गरियो । अपरेशन गरिएको स्थानमा इनफेक्सन भएर डाक्टरले पुनः अपरेशन गरिदिएका थिए । गएको वर्ष मात्रै पेटमा राखिएको जाली फुटेर फेरी अपरेशन गर्नु परेको श्रीमान् विनोदले बताए ।

यस वर्ष एपेन्डिक्सको अपरेसन गर्नुपर्यो, सुशीलाकी श्रीमान बिनोदले भने । उनले यो परेशन पाँचौ पल्ट गरिएको बताए । पटक पटकको अप्रेशनले सुशीलाको ज्यान कमजोर बन्यो, अनि घरायसी आर्थिक अवस्थासमेत झनझन कमजोर बन्यो, बिनोदले भने । हाल इन्फेक्सन हुने डरले डाक्टरले जाली राखिदिएका छैनन् भने, घाउ पुरा सिलाइएको पनि छैन । दिनहुँ डे«सिक गर्दै आएको श्रीमानले बताए । उनका अनुसार अपरेशन गरिएको घाउ थाकेपछि जालि राख्नको लागि फेरी अपरेशन गर्नु पर्ने डाक्टरले सुझाएका छन् ।

उपचारका लागि १८ लाख खर्च भइसकेको र हालसम्म ऋण गरेर उपचार गरिएको श्रीमान्को भनाई छ । अब थप उपचार गर्न रकम नभएपछि सहयोगको अपेक्षा गरिएको सुसिलाकी आमा नयन राजवंशीले बताइन् ।

सानो टाटीले घेराबारा गरेको घर, । घर नजिकै चौक बजारमा चिया बनाएर बिक्री गर्थिन, नयन राजवंशी । नयनका अनुसार भएको जायजेथाहरु सवै उपचारमा मै सकियो । अब ऋण लिने ठाउँपनि छैन । आमा नयन राजवंशीले विलौना गर्दै भनिन् ।

४१ वर्षिया सुशिलाकी एक छोरा र एक छोरी छन् । उनका श्रीमान बिनोद सवारी चालक हुन् । बिनोदकै कमाइले परिवारको हातमुख जोडिएको थियो तर हाल, श्रीमतीको उपचारमा जुट्नुपर्ने बाध्यताले बिनोदको कमाई पनि बन्द भएको छ ।

विराटनरस्थित विराट टिचिङ अस्पतालमा उपचार गराइरहेकी सुशीलाले आफुलाई बचाई दिन आग्रह गरेकी छिन् । उनले नानी र बाबूका लागि भएपनि बाच्नुपर्ने छ, मलाई बचाइदिनुहोस् ।

विराटनगरस्थित आफन्त नातेदारको घरमा बसेर दिनहुँ ड्रेसिङ्ग गर्नु पर्ने र उनका श्रीमानले बाहिर गएर कमाउन नपाउने भएर राजवंशी परिवार झन आर्थिक संकटमा पुगेको स्थानीय समाजसेवी दुर्गा नेम्वाङ्गले बताए ।

राजवंशी परिवारको अवस्था धेरै जानुक भयो । परिवारको एउटा सदस्य लामो समय विरामी हुँदा भएको सम्पत्ती पनि सकियो । नेम्वाङ्गले भने, उहाँलाई सबैले सहयोग गरेर उहाँका सन्तानहरुलाई टुहुरा हुनबाट बचाउन हामी सबैमा आग्रह गर्दछु ।

उनै, सामाजिक अगुवा नेम्बाङको नेतृत्वमा सुशीलाको उपचारमा आर्थिक सहयोथ जुटाउने अभियान सञ्चालन गरिएको छ । नेम्बाङले देश तथा बिदेशमा रहनुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुसंग सहयोगको अपिल समेत गरेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *