पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं, २४ वैशाख–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।

प्रचण्डको सचिवालयका अनुसार मंगलबार राति करिब १२ बजे निवासमा शौचालयमा चिप्लिएर लडेपछि निधारमा चोट लागेको हो।

उनलाई राति नै ललितपुरको मेडिसिटी अस्पताल लगिएको थियो। उनी निवास खुमलटार फर्किसकेका छन्। हाल उनको अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *