काठमाडौँ, २४ वैशाख–नेकपा (एकीकृत समाजवादी) ले सुशासन र रोजगारीको माग पुरा गराउन दबाब दिन दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ ।

मंगलबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले आन्दोलनको दोस्रो चरणका कार्यक्रमहरू केन्द्रीय कार्यालयले तयार गरी घोषणा गर्ने निर्णय गरेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।

त्यस्तै, बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसदमा छलफल भइरहेको सरकारको नीति तथा कार्यक्रम, आन्दोलनका दोस्रो चरणका कार्यक्रम निर्धारण, पार्टीको सङ्गठनात्मक कार्ययोजना लगायतका विषयमा छलफल भएको छ ।

एकीकृत समाजवादीले सञ्चालन गरेको पहिलो चरणको आन्दोलन सफल भएको निष्कर्ष निकालेको छ । ‘पहिलो चरणको आन्दोलन वामअर्प थियो’, ज्वालाले भने, ‘अब जनसहभागितामा आन्दोलन गर्छौ र आन्दोलनको स्वरूप पनि परिवर्तन गर्छौ ।’

उनले पहिलो चरणको आन्दोलनले कार्यकर्ताहरूमा उत्साह र गति प्रदान गरेको भन्दै पार्टीले अघि सारेका सुशासन र रोजगारीका एजेन्डा कार्यान्वयनका लागि दबाब दिने बताए ।

‘हामीले माग जे पेस गरेका छौ ती माग कार्यान्वयनका लागि सशक्त कार्यक्रम अघि ल्याउँछौ’, ज्वालाले भने, ‘जनसहभागितामा धर्ना, जुलुस र जनपरिचालनलगायतका कार्यक्रम आउँछन् ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *