दमक, २४ बैशाख–दमक–६ घिमिरे मार्केटमा ब्याग (झोला) सम्बन्धि विभिन्न ब्राण्ड र अइटमका होलसेलर व्यवसायी देबेन्द्र बरालले आजदेखि सोही मार्र्केटमा श्रेया सप्लायर्स सञ्चालनमा ल्याउनुभएको छ ।

दुई दशक भन्दा लामो समयदेखि दमकमा व्यवसाय गर्दै आउनुभएका बरालले बुधबार बिहान एक कार्यक्रमबीच श्रेया सप्लायर्सलाई सञ्चालनमा ल्याउनुभएको हो । सो सप्लायर्समा महिला तथा बालबालिका लक्षित आधुनिक डिजाइनका विभिन्न खाले ब्याग, पर्सं, छाता, बेल्ट, हेड क्याप लगायतका सामानको फिक्स प्राइजमा ब्राण्डिङ समानहरु उपलव्ध गरिएको सञ्चालक बरालले जानकारी दिए ।

घिमिरे मार्केटमाा आयोजित कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई तथा वयोवृद्ध माता चन्द्रकुमारी बरालले संयुक्त रुपमा रिवन काटेर श्रेया सप्लायर्सको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा संघका पूर्व अध्यक्ष प्रकाश प्रसाई, वरिष्ठ उपाध्यक्ष राजु खड्का, प्रथम उपाध्यक्ष राजकुमार योङया, तीतृया उपाध्यक्ष रुवल अधिकारी, सल्लाहकार संयोजक राजकुमार श्रेष्ठ, संघका सदस्य हेम अधिकारी, सञ्जिव बराल, सुवास गडतौला, दमक जेसीजका महासचिव राजेन्द्र बिमली लगायत स्थानीय व्यवसायीहरुको उपस्थिति थियो ।

व्यवसायीहरुबीच चीरपरिचत बराल, दमकको सामाजिक, धार्मीक र परोपकार संघसंस्थाहरुमा समेत उतिकै सक्रिय हुनुहुन्छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *