काठमाडौं, २६ वैशाख–भाररतीय जनता पार्टी (भाजपा) का नेताहरुको नेपाल दौडाहा चलिरहेको छ। विदेश विभाग प्रमुख विजय चौथाइवाले फर्केको एक साता नपुग्दै भाजपाका अर्का नेता भगतसिंह कोश्यारी राजनीती भेटघाटमा व्यस्त छन्।

बुधबार नेपाल आएको कोश्यारीले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई शितल निवासमा, प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई खुमलाटारस्थित उनकै निवासमा पुगेर भेटघाट गरे।

तीन दिन अघि ललितपुरको टेरेस रिसोर्टको शौचालयमा लडेर घाइते माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उनी खुमलटार नै पुगेका थिए।

साँझ गृहमन्त्री रमेश लेखकसँग मन्त्री निवासमा डिनरसहित भेटघाट भएको थियो। त्यसअघि उनी बिहानै पशुपतिनाथको दर्शनका लागि पुगेका थिए।

पशुपतिको दर्शनपछि उनले कांग्रेसका दोस्रो तहका नेतासँग भेटका थिए। भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला कोश्यारीले सत्ता र विपक्षी नेताहरुलाई भेटेका हुन्।

नेपालसँगको खुला सीमाको आतंकवादीहरुले दुरुपयोग गर्न सक्ने भन्दै कोश्यारीले गृहमन्त्री लेखकसँग सुरक्षास्थितिका बारेमा संवाद गरेका थिए।

नेपाल मामिलामा जानकारसमेत रहेका कोश्यारी नेपाल–भारत सीमा पुनरावलोकन लगायतका समस्याका विषयमा सुझाव दिने सम्बन्धमा गठित प्रबुद्ध व्यक्ति समूह ९इपेजी०को भारतका संयोजकसमेत हुन्।

गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार कोश्यारीले नेपाल–भारत सम्बन्धलाई विकसित गरेर लैजानुपर्ने बताएका थिए।

पहलगाममा भएको आतंकवादी हमलापछि दुई देशबीच तनाव बढिरहेका बेला कोश्यारिले गृहमन्त्री लेखकसँग सुरक्षास्थितिबारे चासो राखेका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *