झापा, २८ वैशाख–झापाको कनकाई नगरपालिका–२ सुकेडाँगीमा एक महिलाको हत्या भएको छ । स्थानीय अन्दाजी ३५ बर्षीय कविराज हेमरमले श्रीमती ३४ बर्षीया श्रीमती पुजा हेमरमको हत्या गरेका हुन् ।

शनिबार राति अन्दाजी ११ः२० बजे कविराजले घाँटीमा खुकुरी प्रहार गरी पुजाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पुजाको हत्या गरी फरार कविराजलाई सुरुङ्गाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

पुजाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *