काठमाडौं, २८ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्ष्य गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरूले हामी आउँछौँ, साथ देऊ भनिरहेको देख्दा अचम्म लागेको बताए।

देश कंगाल बनाउने काम राजाहरू गरेको उनको आरोप छ।

अहिले ३० वर्षमै देश कोल्टे फेर्ने गरी विकास भएको उनको दाबी छ। देशलाई विकसित, बस्न लायकको बनाउनैपर्ने उनले बताए।

प्रधानमन्त्री ओलीले भने, ‘अचम्म त के भनेः यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरू फेरि हामी नभइ भएन, हामी आउँछौं, साथ देऊ, भनेर लाजै मान्दैन। यो देश कंगाल बनाउने त यिनीहरू हुन् त। अहिले यत्रो विकास, यो ३० वर्षमा यति विकास गरेको छ। तथ्यांक, आँकडाले बताउँछ। मान्छे नहुँदा जंगलमा मुलुक थियो होला। त्यसपछि के भयोरु हामी देश बनाउनै पर्छ, देशलाई विकसित बनाउनै पर्छ। देशलाई बस्न लायकको बनाउनुपर्छ, वातावरणीय हिसाबले हेर्नुस्, हिमाल, पहाड छन्, यस्तो स्वच्छ, पवित्र छ। यो त देवभूमि हो। यस्तो ठाउँ, अक्सिजन नै अक्सिजन भएको ठाउँ छ। यस्तो देशमा फोक्साको व्यापारीरु कहाँबाट आयो यो फोक्साको व्यापारी नेपालमा।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *