काठमाडौं, ८ जेठ–युरोपा लिगको उपाधि टोनह्यामले उपाधि जितेको छ। म्यानचेस्टर युनाइटेडलाई १(० ले हराउँदै टोटनह्याम १७ वर्षपछि च्याम्पियन बनेको हो। ब्रेनन जोन्सनले ४२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो।
यो जितसँगै आलोचनामा परेका मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुले आफ्नो दोस्रो सिजनमा ट्रफी जिताउने वाचा पूरा गरेका छन्।
खेल अघि ‘म कहिल्यै पनि जोकर बन्ने छैन’ भन्ने पोस्टेकोग्लुले स्पेनको बिलबाओस्थित सान मामेस स्टेडियममा टोलीलाई उपाधि दिलाएका छन्।
चितसँगै टोटनह्यामले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। क्लबले १ सय मिलियन पाउन्डको आर्थिक लाभ पनि पाउनेछ।