काठमाण्डौं (एजेन्सी), ८ जेठ–युरोपा लिगको उपाधि टोनह्याम हटस्परले उपाधि जितेको छ।
म्यानचेस्टर युनाइटेडलाई १(० ले हराउँदै टोटनह्याम १७ वर्षपछि च्याम्पियन बनेको हो । ब्रेनन जोन्सनले ४२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो।
यो जितसँगै आलोचनामा परेका मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुले आफ्नो दोस्रो सिजनमा ट्रफी जिताउने वाचा पूरा गरेका छन् ।
जितसँगै टोटनह्यामले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। क्लबले १ सय मिलियन पाउन्डको आर्थिक लाभ पनि पाउनेछ।