शिबगञ्ज, ८ जेठ–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयका ६ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ ।
जन आदर्श माध्यमिक विद्यालयमा अध्ययनपछि रोजगारको शिलशिलामा कतार पुगेका पूर्व विद्यार्थीहरुले विद्यालयको शैक्षिक क्षेत्रमा सहयोग गर्ने उदेश्यले भूतपूर्व विद्यार्थी सम्पर्क मञ्च स्थापना गरेका थिए । सोही, भु.पु विद्यार्थी सम्पर्क मञ्चले आज (विहिबार) विद्यालयमा भब्य समारोहबीच विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको हो ।
जन आदर्श माध्यमिक विद्यालयबाट उत्कृष्ट अकं ल्याएर उर्तिण हुने ६ जना जेहेन्दार तथा लगनशिल विद्यार्थीहरुलाई नगदसहित प्रशंषा–पत्र प्रदान गरेको थियो । मञ्चका अध्यक्ष चीरञ्जीवि तिम्सिनाको अध्यक्षतामा र शिबसताक्षी–६ का वडाध्यक्षसमेत रहनुभएको पूर्व विद्यार्थी समन्वय समितिका अध्यक्ष मनोज खुलाल कार्कीको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको थियो ।
भु.पु विद्यार्थी सम्पर्क मञ्चका अध्यक्ष तिम्सिनाले शैक्षिक सत्र २०८० सालतर्फ परिक्षामा उत्कृष्ट अंकसहित उर्तिण हुने ६ जना विद्यार्थीलाई छात्रवृति वितरण गरिएको बताउनुभयो । अध्यक्ष तिम्सिनाले शैक्षिक सत्र २०८१ को छात्रवृति वितरण आगामी पुष मसान्तसम्म वितरण गरिने जानकारी दिनुभयो ।
शैक्षिक सत्र २०८० का लागि छात्रवृति पाउने विद्यार्थीहरुमा कक्षा–८ तर्फ सामना न्यौपाने र दिनेश ताजपुरिया छन् । त्यस्तैं, कक्षा ११ तर्फ अनिशा साह र सुरज राजवंशी छन् भने कक्षा–१२ तर्फ पर्वतसिंह ठकुरी र अन्जली ताजपुरिया छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष कार्की, विशिष्ट अतिथि शिबसताक्षी–५ का अध्यक्ष सिकिन पासवान, भूपु विद्यार्थी मञ्चका अध्यक्ष चीरञ्जीवि तिम्सिना, मञ्चका संस्थापक सचिव रामप्रसाद ढुंङ्गेल, संस्थापक एबम् वरिष्ठ साहित्यकार भगवती ढुंगेल, विद्यालय व्यवस्थापन समिकिा अध्यक्ष नबिन तिम्सिना, प्रधानध्यपाक तुलशी प्रसाद अधिकारी, शिक्षकहरु भक्ति काफ्ले, दिनेशकुमार श्रेष्ठ लगायतले नगद र प्रशंषापत्रसहित पुरस्कार वितरण गर्नुभएको थियो ।
छात्रवृति वितरण कार्यक्रममा प्रमुख अतिथि शिबसताक्षी–६ का वडाध्यक्ष मनोज खुलाल कार्की, विशिष्ट अतिथि शिबसताक्षी–५ का वडाध्यक्ष सिकिन पासवान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नबीन तिम्सिना, प्रधानध्यापक तुलशीप्रसाद अधिकारी, भु.पु विद्यार्थी सम्पर्क मञ्चका संस्थापक अध्यक्ष नगेन्द्र श्रेष्ठ, अक्षयकोषदाता देबी श्रेष्ठ, कृष्णप्रसाद मिश्रलगायतले जन आदर्श माध्यमिक विद्यालयको शैक्षिक विकास, प्रगती, पुराना इतिहास र हाल भइरहेको गतिविििधहरुका बारेमा चर्चा गरेका थिए ।
सो कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीहरु नारायणप्रसाद दाहाल, बीरेन्द्र राजवंशी, चित्रबहादुर राई, निर्मला (प्रार्थना) पौडेल अधिकारी, कोष दाता प्रेम कुमार न्यौपाने, प्रेमकुमार सेढाई, सरस्वती बास्तोला लगायतको उपस्थिति थियो ।
कार्यक्रममा भु.पु विद्यार्थी सम्पर्क मञ्चका संस्थापक सचिव रामचन्द्र ढुंगेलले संस्थागत परिचय, उदेश्य, कार्यभार र आगामी योजनाका बारेमा प्रष्ट पारेका थिए । ढुंगेलले कतारमा श्रमजीवन विताइरहेका जन आदर्श माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले संस्था स्थापना गरेर विद्यालयका साना तर सकारात्मक कार्यहरु सञ्चालन गरिरहेको बताउनुभयो । पटक-पटकको प्रयासपछि संस्थामा हाल रु ३ ला बढीको अक्षयकोष स्थापना भएको र त्यहि कोषको ब्याजबाट प्राप्त हुने रुपैयाले जन आदर्शमा कक्षा–८ का दुई, कक्षा–११ का दुई र कक्षा–१२ का दुईसहित ६ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिने ढुंगेलले जानकारी गराउनुभयो ।
छात्रवृति वितरण कार्यक्रममा भु.पु विद्यार्थी सम्पर्क मञ्चकी संस्थापक एबम् वरिष्ठ साहित्यकार भगवती ढुंगेलले शब्दद्धारा स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन विद्यालयका शिक्षक तथा पूर्व विद्यार्थी भक्तिप्रसाद काफ्लेले गर्नुभएको थियो ।