काठमाडौँ, ९ जेठ–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले प्रमुख राजनीति दलहरूले राजनीतिलाई सत्ता भोगको औजार बनाउँदा समाजमा चौतर्फी निराशा फैलिँदै गएको बताउनु भएको छ।

राष्ट्रिय निराशाको समाधानलाई राष्ट्रिय एजेन्डा नबनाउँदा मौका पर्खेका पुनरुत्थानवादी शक्तिहरूले जनताको निराशालाई उत्तेजक बनाएर मुलुकलाई चौतर्फी अराजकतातर्फ धकेल्न प्रयास गरिरहेको उहाँको भनाइ छ।

सत्ताधारीहरू नालायक बन्दै र सडक अराजक बन्दै जाँदा समाजको निराशाले अझ भयावहरुप लिने महासचिव भूसालको भनाई छ। शुक्रबार सामाजिक सञ्जाल फेशबुकमा लेख्नुभएको छ, ‘राष्ट्रको नयाँ जीवनका लागि हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका थियौँ। वंश, लिङ्ग, जात वा धर्मका आधारमा कसैसँग विशेषाधिकार नहुने अर्थात् सबै नागरिक समान हुने र समावेशीताका आधारमा सबै जातजाती, भूगोल र लिङ्गलाई समेटेर यस व्यवस्थाले राज्यलाई वास्तविकरुपले राष्ट्रिय बनाएको छ। यो नेपाली इतिहासको गौरवपूर्ण पक्ष हो। तर, गणतन्त्र आउँदासम्म पनि बेरोजगारी र कुशासन रहिरहनु हाम्रो इतिहासको कलङ्कको, अपमानको पाटो हो।

मुख्य दलहरुले राजनीतिलाई केवल सत्ताभोगको औजार बनाउँदा समाजमा चौतर्फी निराशा फैलिँदै गएको छ। यो राष्ट्रिय निराशाको समाधानलाई राष्ट्रिय एजेण्डा नबनाउँदा मौका पर्खेका पुनरुत्थानवादी शक्तिहरुले जनताको निराशालाई उत्तेजक बनाएर मुलुकलाई चौतर्फी अराजकतातर्फ धकेल्न प्रयास गरिरहेका छन्। सत्ताधारीहरू नालायक बन्दै र सडक अराजक बन्दै जाँदा समाजको निराशाले अझ भयावहरुप लिनेछ। नागरिकलाई नयाँ जीवनको बाटो नदेखाउने कुनै पनि व्यवस्था संसारभरी कहीँ पनि सुरक्षित छैनन्। यसलाई राष्ट्रिय एजेण्डा बनाउन ढिलो भैसकेको छ।

नागरिकका लागि नयाँ जीवन भनेको रोजगारी र सुशासन हो। भ्रष्टाचार नगर्ने राजनीतिक नेतृत्वका साथ कृषि, उद्योग, पर्यटन, जलविद्युत तथा पूर्वाधारको योजनाबद्ध विकास, गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर सङ्कल्प गर्ने हो भने १० वर्षमा सबै युवालाई रोजगार बनाउन र सबै क्षेत्रमा ब्याप्त भ्रष्टाचार–ढिलासुस्तीलाई हटाउन सकिन्छ, मुलुकले कोल्टे फेर्छ । अपमानको इतिहासबाट मुलुकले मुक्ति पाउँछ । त्यसैले आउनु होस् छलफल गरौँस् !

‘सुशासन र रोजगारी, समाजवादको तयारी !’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *