फाइल तस्विरः धनराज गुरुङ

काठमाडौं, १० जेठ–नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा त्यागको मूल्य खोज्न नमिल्ने बताएका छन्। कांग्रेस नेता एवं पूर्वसभासद खगेन्द्रराज रेग्मीको स्मृति दिवसमा आयोजित एक कार्यक्रममा उनले राजनीतिमा त्यागको कुनै मूल्य नहुने बताएका हुन्।

उपसभापति गुरुङले राजनीतिमा ‘मैले त्याग गरेँ, तर के पाएँ रु’ भन्ने भाष्य नै गलत रहेको बताए। ‘वास्तवमा हामी राजनीतिक यात्रामा को कहाँ रह्यौँ, को कहाँ पुग्यौं, पुगेनौँ भन्ने तपशीलका विषय हुन् । मैले त्याग गरेँ, तर के पाएँ भन्ने भाष्य गलत हो’, उनले भने, ‘त्याग भनेका त्याग नै हो । त्यसकारण राजनीतिमा मूल्य खोज्ने होइन।’

राजनीति अविरल यात्रा भएकाले जस्तोसुकै अप्ठ्यारा आए पनि छिचोल्दै अघि बढ्नुपर्ने गुरुङको धारणा छ। ‘राजनीति निरन्तर यात्रा हो र अविरल यात्रा हो।

आँधीबेहरी, उत्तरचढाप, घुम्ती, आफ्ठ्यारो आए पनि त्यसलाई छिचोल्दै अघि बढ्नुपर्छ’, उनले भने, ‘ राजनीतिमा गन्तव्य र लक्ष्य नै देश र जनता हुनुपर्छ । यही ज्ञान मैले गुरु रेग्मीबाट पाएको हो ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *