पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं, १० जेठ–पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि आज .शनिबार) चीन जाँदैछिन् । मन्त्री र नेकपा एमालेका नेता सम्मिलित टोलीको नेतृत्व गर्दै पूर्व राष्ट्रपति भण्डारी बेइजिङ जान लागेकी हुन् ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग समेत भेटघाट हुने सम्भावना रहेको एमालेले जनाएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पूर्व राष्ट्रपति भण्डारी नेतृत्वको नेपाली टोली आज साँझ बेइजिङ जान लागेको हो।

भ्रमण टोलीमा उद्योगमन्त्री दामोदर भण्डारी र एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठसहित १५ जना सहभागी हुनेछन् । चीनमा रहँदा पूर्व राष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने तय भएको छ। राष्ट्रपति सी चिनफिङसँग पनि भेटघाट हुने सम्भावना रहेको एमाले विदेश विभागले जनाएको छ।

पूर्व राष्ट्रपति भण्डारी एमालेको पूर्व उपाध्यक्ष समेत रहिसकेकाले पार्टीको समेत प्रतिनिधित्व गर्ने एमाले विदेश विभाग प्रमुख महासेठले बताएका छन्। चीनमा रहँदा उद्योगमन्त्री दामोदर भण्डारी र एमाले विदेश विभाग प्रमुख महासेठले वक्ताको रूपमा एक–एक वटा कार्यक्रममा सहभागी हुनेछन्। पूर्व राष्ट्रपति भण्डारी नेतृत्वको टोली जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ। यसअघि राष्ट्रपति हुँदा भण्डारीले चीन भ्रमण गरेकी थिइन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *