शिवगञ्ज, १० जेठ–शिवगञ्ज बजारमा लागु पदार्थ दुर्व्यसनीविरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ । जहा विपत त्यहाँ सुरक्षा, लागुऔषध न्युनिकरण हामी सबैको इच्छा भन्ने मुल नारासहित सडक नाटक प्रदर्शन गरिएको हो ।

शिबसताक्षी ६ वडा कार्यालयले आयोजना गरेको कार्यक्रमको उद्घाटन नगर प्रमुख मेगाहाङ्ग थोप्राले गरेका हुन् ।

त्यस्तै, कार्यक्रममा शिबसताक्षी–६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले लागुऔषध दुर्व्यसनीलाई स्थानीय स्तरबाटै दुर्व्यसनीको न्युकिरण र नियन्त्रपणका लागि काम गर्नु पर्ने बताए ।

कार्यक्रममा धनकुटाका कलाकारहरुले लागु पदार्थ दुर्व्यसनी सम्बन्धी चेतनामुलक सडक नाटक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेल, शसस्त्र प्रहरी बलका उपरिक्षक निरन्जन भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम शसस्त्र प्रहरी बल ३८ रिजर्भ गण लखनपुर झापाको सहकार्य, अविको मिडिया हव प्रालि धनकुटाको संयोजनमा भएको थियो ।

नगर कार्यपालिका सदस्य गोमा रिजालले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिवसताक्षी नगरपालिका राजश्व शाखा प्रमुख विमल बास्कोटाले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *