झिलझिले, १० जेठ–शिवसताक्षीको झिलझिलेमा बृहत उभौली साकेला चार्ड मनाइएको छ । किराँत राई यायोख्या शिवसताक्षी नगर कार्यसमितिको आयोजनामा विविध साँस्कृतिक कार्यक्रमसहित उभौली साकेला चार्ड मनाइएको हो ।

कार्यक्रमा संस्थाका सदस्य पवन राईलाई मरणोपरान्त सम्मान गरिएको छ । त्यस्तै, किराँत राई यायोख्या शिवसताक्षीलाई विभिन्न समयमा सहयोग गर्ने विनिता राई सम्मान, राष्ट्रिय कलाकार मेलिना राई, वरिष्ठ मुन्दुमी गायक तथा संगीतकार जितेन राई, लोकप्रिय आवाजकी धनी गायिका इन्द्रकला राईलगायतका सहयोगी र दाताहरुलाई सम्मान गरिएको छ ।

उभौली चार्ड प्रत्येक वर्ष बैशाख पूर्णिमादेखि किराँती रितीअनुसार भूमीको पूजा गरी मनाउने प्रचलन रहेको छ । किराँत समुदायले साकेला शिलि नाच्दै १ महिनासम्म मनाउने गर्छन ।

किरातीहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुशी गर्नकालागि हरेक वर्ष वाली लगाउनेसमय बुद्धजयन्ती अर्थात उभौली र अन्नवाली पाकिसकेपछि खुसीयाली मनाउदै उधौली (मंसिर पूर्णिमा) विशेषरूपले खुसीयालीकासाथ प्रमुख चाडका रूपमा मनाउन गरेका छन् ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका नगर प्रमुख रोशन थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफे, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईसहित वडाध्यक्षहरु विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । किराँत राई यायोख्या शिवसताक्षीका अध्यक्ष पर्शुराम रिङ्गालुङ राईको सभापतित्वमा कार्यक्रम भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *