धरानका धरानका दमक, १५ जेठ–धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साङपाङ राईलाई दमकमा भब्य स्वागत तथा सम्मान गरिएको छ । किराँत राई यायोक्खा, दमक नगर र किराँत राई यायोख्या कमल गाउँ समितिले १८औं गणतन्त्र दिवसको अवसर पारेर धरानका मेयर साङपाङलाई दमकमा भब्य स्वागत तथा सम्मान गरिएको हो ।
दमकस्थित यायोक्खा दमक नगर समितिको साकेला माङखिम (मन्दिर) परिसरमा आयोजित समारोहमा धरान नगर प्रमुख तथा श्रमपिता साङपाङलाई राई समुदायको फेटा बाँधेर स्वागत सम्मान गरिएको थियो । किराँत राई यायोक्खा दमक नगर समितिका कार्यवहाक अध्यक्ष धनजीत राईले मेयर साङपाङलाई फेटा बाँधेर स्वागत तथा सम्मान गर्नुभएको थियो ।
ुयसअघि, साङपाङलाई यायोख्या परिसरभित्र प्रवेशद्धारमा दमकका राईहरुले खादा तथा पुष्पगुच्छा प्रदान गरेका थिए । त्यसैगरी, साकेला टोलीका कलाकारहरुले ढोल, झ्याम्टा बजार शिली (नृत्य) प्रस्तुत गरेर स्वागत गरेका थिए । उद्घाटन समारोहमा प्रमुख अतिथी धरान उपमहनगरका प्रमुख साङपाङले बृक्षरोपण गर्नुभएको थियो ।
धनजीत राईको अध्यक्षता र साङपाङको प्रमुख आतिथ्यताम सो कार्यक्रम सम्पन्न भएको हो । त्यस्तैं, कार्यक्रममा पारषमण्ी राई, समिता राई लगायतका बक्ताहरुले आ–आफ्ना बिचारहरु राख्नुभएको थियो । सोही कार्यक्रमबीच, विभिन्न दाताहरु र अगुवाहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
स्वागत तथा सम्मानपछि मेयर साङपाङले समसामयिक राजनीति, समाजिक न्याय र अधिकार, विकास, हातमुख जोड्ने रोजगार, व्यबसाय, प्रबद्र्धन लगायतका बारेमा बोल्नुभएको थियो ।
विषयमा कार्यक्रममा यायोक्खाका पूर्व केन्द्रीय उपाध्यक्ष क्याप्टेन बुद्धिबहादुर (बिबि) राई, दमकका शैक्षिक व्याक्तित्व लछुदास राई (एलडी), किराँत राई समुदायका बुद्धिजीबि जीतेन राई, युवा नेतृत्व सन्त किराँती लगायतको व्याक्तित्वहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन यायोख्या दमक नगर समितिका सचिव बीरेन राईले गर्नुभएको थियो ।
सोही अवसरबीचमा मेयर साङपाङलाई यायोख्या दमक नगर समितिको तर्फबाट बेल्चा प्रदान गरिएको थियो ।
