चितवन, १६ जेठ–चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

शिबघाटस्थित नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीकोबीच भागको टापुमा फसेकाहरुलाई सकुशल उद्धार गरिएको हो ।

उनीहरु नदीको बीच भागमा फसेको भन्ने जानकारी पाउना साथ १७ नम्बर गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा गोताखोरसहितको टोली खटिएको थियो ।

सो टोलीले उनीहरुलाई बोटको सहायताले उद्धार गरेको हो । गिट्टी बालुवा बोक्न प्रयोग गरिएको एउटा टिपर भने नदीको बाँध फुटेको ठाउँमा डुबेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *