काठमाडौँ, १६ जेठ–मधेश प्रदेश सरकारले समाजवादी प्रेस संगठनका सल्लाहकार तथा वरिष्ठ पत्रकार प्रकाश खतिवडालाई प्रेस स्वतन्त्रता सेनानीबाट सम्मान गरेको छ।

बिहिबार १८औँ गणतन्त्र दिवसका अवसरमा मधेश प्रदेश सरकारले पत्रकार खतिवडालाई प्रेस स्वतन्त्रता सेनानीबाट सम्मान गरेको हो। पत्रकार खतिवडालाई प्रदेश सरकारका मुख्यमन्त्री सतिस सिंह, गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सम्मान पत्र प्रदान गर्नुभएको थियो।

खतिवडा नेपाल पत्रकार महासंघ सप्तरीको पूर्वसभापति, समाजवादी प्रेस संगठन, नेपालका संस्थापक उपाध्यक्ष, नेकपा ९एकीकृत समाजवादी०, केन्द्रीय पत्रकार विभागका सचिवसमेतको जिम्मेवारीमा रहेर काम गर्नुभएको पत्रकार हुनुहुन्छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *