अनिलदेब राई/धरमपुर, १६ जेठ–झापा शिवसताक्षी–३ पाराबारी बजारमा चौथो पाराबारी आमन्त्रण अन्तरपालिका भलिबल् प्रतियोगिता हुने भएको छ । पाराबारी बजार ब्यबस्थापन समिति र शिबसताक्षी–३ वडा खेलकुद समितिको संयुक्त आयोजनामा हुने भलिबल प्रतियोगिता यहि जेष्ठ २१ देखि २३ गते सम्म सञ्चालन हुने जनाइएको छ ।

शिवसताक्षी ३ स्थित पारबारी बजारको खेल मैदानमा हुने उक्त प्रतियोगितामा झापाको ९ पालिका र मोरङ्गको ३ पालिकासहित १२ वटा पालिकाहरुको टीम समाबेश हुने छ्न्।

आयोजक शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका ,गौरादह नगरपालिका ,भद्रपुर नगरपालिका ,बिर्तामोड नगरपालिका ,मेचीनगर नगरपालिका त्यसैगरी झापा गाउँपालिका बाह्रदशी गाउँपालिका र कमल गाउँपालिका रहेका छ्न । त्यस्तै मोरङको बेलबारी नगरपालिका ,लेटाङ नगरपालिका र उर्लाबारी नगरपालिका समाबेश हुने खेल संयोजक तामाङ्ले जानकारी दिए ।

पुरुष भलिबल प्रतियोगिताको बिजेताले नगद ५० हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ्न भने उपबिजेताले टिमले नगद ३० हजारसहित मेडल ट्रफी र प्रमाणपत्रमा चित्त बुझाउने छ । त्यसैगरि बिद्यागत पुरस्कार समेत प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष मेगराज ओझाले बताए ।

प्रतियोगिता संचालन गर्नको लागि अनुमानित बजेट ३ लाख ३० हजार खर्च हुने बताइएको छ भने खर्च ब्यबस्थापन शिवसताक्षी नगरपालिका , ३ न वडा कार्यलय, खेल प्रेमी ब्यबसायीहरु, बिभिन्न संघ संस्थाहरु र बिभिन्न देश बिदेशमा रहेका खेल प्रेमी नेपालीहरुबाट आर्थिक संकलन गरिने जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा भलिबल प्रतियोगिताका सल्लाहकार संयोजक चुडामणी बुडाथोकी, कार्यपालिका सदस्य मुनाकुमारी तामाङ, प्रहरी चौकी मंगलबारेका इन्चार्ज गेहेन्द्र तिम्सिना लगायत पाराबारी बजार ब्यबस्थापन समिति र वडा खेलकुद समितिका पदाधिकारीहरुको सहभागिता रहेको पत्रकार सम्मेलनमा भेट्रान भलिबल खेलाडी महेन्द्र सम्बाहम्फेले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *