दमक, १९ जेठ–लामो समयदेखि दमकमा शैक्षिक क्षेत्रको विकास र उन्नयनका लागि क्रियाशिल गड मोदर एकाडेमी एण्ड टेक्नोलोजी स्कुलले यसै वर्षदेखि नयाँ स्थानबाट सेवा शुभारम्भ गर्ने भएको छ ।
दमक–८ किराँत चौकदेखि दक्षिणतर्फ गड मदर एकाडेमी एण्ड तेक्नोलोजी स्कुलले आफ्नै निजी जग्गामा सुविधासहितको भवन निर्माण गर्ने भएको छ । निर्माण हुने नयाँ भवनमा खु्ल्ला र उज्यालो कक्षा कोठाहरु, पठनपाठनका लागि पर्याप्त सुन्दर र शान्त वातबरण, इनडोर खेल खेल्न सकिने, सवारी पार्किङ, क्यानटिन लगायतको सुविधा हुने छ ।
आज (सोमबार) निर्माण हुने भनिएको स्थानमा धार्मीक विधि परम्परा अनुसार पुजापाठ गरेर भवनको शिलान्यास गरिएको हो ।
स्कुलका संस्थापक प्रिन्सिपल सागर सुब्बाका अनुसार तीन कठ्ठा क्षेत्रफलसहितको जमिन भवन निर्माण हुने र यसै वर्षदेखि नयाँ भवनबाट पठनपाठन सञ्चालन गरिने छ । यसअघि सो स्कुल दमक–८ कै दक्षिणी क्षेत्रमा स्थापना भएर सञ्चालनमा आएको थियो । सो स्कुल २०६९ सालमा स्थापना भएको संस्थापक प्रिन्सिपल सुब्बाले बताउनुभयो ।
प्राइमेरी तहका कक्षाहरु पठनपाठन हुँदै आइरहेको स्कुलमा आगामी शैशिक सत्रदेखि क्रमश थप कक्षाहरु बढाउँदै लैजाने प्रिन्सिपल सुब्बाले बताउनुभयो । स्कुलमा एक सय ५० जना विद्यार्थीहरु पठनपाठन गर्दै आइरहेका छन् । त्यस्तैं, सो स्कुलमा १६ जना शिक्षक तथा शिक्षिकाहरुले अध्यापन गराउँदै आइरहेका छन् ।
स्कुल व्यवस्थापन समितिका अध्यक्ष ध्रूब कैलास लिम्बूको अध्यक्षतामा र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्यावसन) दमक नगर समितिका अध्यक्ष समेत रहनुभएका सर्वोदय अंगे्रजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल नबीन योगीको प्रमुख आतिथ्यतामा शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो ।
शिलान्यास कार्यक्रममा प्यावसन दमक अध्यक्ष तथा सर्वौदय अंग्रेजी स्कुलका प्रिन्सिपल योगीले गड मोदर एकाडेमी एण्ड तेक्नोलोजी स्कुलको आगामी शैक्षिक क्षेत्रमा प्रथती र उन्नतीको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्कुलका शिक्षक तथा शिक्षिकाहरु, अभिभावकहरु र सञ्चारकर्मीहरुको सहभागिता थियो ।
