दमक, ३० भदौं–झापाको दमक–६ मा मुख्य कार्यालय रहेको उद्यम विकास वचत तथा ऋण सहकारी संस्थाले गौरादह सेवा केन्दमा इकाईगत १८औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

मंगलबार, गौरादहस्थित सेवा केन्द्रको कार्यालयमा सहकारी संस्थाले इकाईगत वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

वार्षिक साधारणसभामा आर्थिक वर्ष २०८३।०८४ को वित्तिय कारोबारको प्रगती विबरणसहित संस्थाका आगामी आर्थिक वर्षका नीति, कार्यक्रम, योजनाहरु र वित्तिय लक्ष्यलाई समेटिएका प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

त्यस्तैं, गौरादह सेवा केन्द्रमार्फत कारोबार गर्ने बचततर्फ उत्कृष्ट र कर्जातर्फ असल सदस्यहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

सञ्चालक समितिका अध्यक्ष वीरेन्द्र बहादुर पोख्रेलको अध्यक्षता र संस्थाकी पूर्व अध्यक्ष चन्द्रकला खड्का भट्टराईको प्रमुख आतिथ्यतामा उद्यम विकास साकोसको १८औं वार्षिक साधारणसभालाई सञ्चालन गरिएको थियो ।

सभामा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक सुरेन्द्र कटुवाल, सञ्चालक समिति सदस्य जीतबहादुर (जीतु) धिमाल, लेखा सुपरिवेक्षण समितिका सदस्य बलराम धिमाल, व्यवस्थापक सोम दाहाल लगायत शेयर सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

संस्थाकी सहसचिव बिमला पोख्रेलले स्वागत मन्तव्य र सचिव दीपा अधिकारीले सञ्चालन गरेका थिईन् ।

सो सहकारी संस्थाको असोज २ गते शुक्रबार दमकस्थित मारवाडी भवनमा १८औं वार्षिक साधारणसभा औपचारिक रुपमा सम्पन्न गर्ने कार्यक्रम छ ।

संस्थाले आर्थिक वर्ष २०८३।०८४ का प्रगति प्रतिवेदन र आगामी वर्षका नीति, कार्यक्रम र लक्ष्यहरुलाई संकलन गरिनुका साथै माइन्यूट प्रमाणीकरण, उत्कृष्ट र असल शेयर सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको सञ्चालक जीतु धिमालले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *