गृहमन्त्री रमेश लेखक

काठमाडौं, २१ जेठ–गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन्। आज ९बुधबार० राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकलाई प्रश्न गरेका थिए। जवाफमा उनले सबै सांसदहरूले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइ दिन समिति सदस्यसँग आग्रह गरे।

‘यो जिज्ञासा यो समितिका मात्रै साथीहरूको भए यहीँ जवाफ दिएर जान्थें। यो अरू साथीहरूलाई पनि यो जिज्ञासा भएकाले मेरो प्रार्थना के छ भने हाउसमा बोल्न पाऊँ, यो उठेका सबै प्रश्नको जवाफ दिन्छु’, गृहमन्त्रीले भने। भिजिट भिसा प्रकरणलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीमाथि छानबिन गरिरहेको छ।

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बुधबार अपराह्न १ बजेका लागि बैठक बोलाइएको छ। तर, भिजिट भिसा प्रकरणलाई लिएर मंगलबार बस्दै नबसी स्थगित भएको संसद् बैठक आज पनि बस्ने नबस्ने ठेगान छैन।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *