पाराबारी ((धरमपुर), २१ जेठ–झापाको शिबसताक्षी–३ पाराबारी बजारमा आजदेखि जारी चौथो पाराबारी अन्तरपालिका भलिबल प्रतियोगिता शुरु भएको छ ।
पाराबारी बजारमा आज भब्य समारोहबीच नगर प्रमुख मेघाहाङ (रोशन) थोप्रोले चौथो पाराबारी अन्तरपालिका भलिबब प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
आज (बुधबार) सम्पन्न सो प्रतियोगितामा बेलबारी, शिवसताक्षी, कनकाई, बाह्रदशी र बिर्तामोड नगरपालिका दोस्रो चरणमा प्रबेश गरेका छ्न ।
उद्घाटन खेल मोरङको बेलबारी नगरपालिकाले झापाको भद्रपुर नगरपालिकालाई २(–१ को सेट्मा र दोस्रो खेलमा शिवसताक्षी नगरपालिकाले कमल गाउँपालिकालाई २–१ को सेटमा पराजित गर्दै दोस्रो चरण्मा प्रशेग गरेको हो ।
त्यस्तैं, आजै सम्पन्न तेस्रो खेलमा कन्काई नगरपालिकाले झापा गाउँपालिकालाई २–० को सोझो सेटमा, चौथो खेलमा बह्रदशी गाउँपालिकाले गौरिगंज गाउँपालिकालाई २–१ को सेटमा र पाचौ खेलमा बिर्तामोड नगरपालिकाले मेचिनगरपालिकालाई २–१ को सेटमा जित्यो ।
भोली (बिहिबार) पहिलो चरणको अन्तिम खेल उर्लाबरी नगरपालिका र गौरादह नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि दोस्रो चरणका खेलहरु हुने आयोजकले जानकारी दिएको छ ।
पाराबारी बजार ब्यबस्थापन समिति र शिबसताक्षी–३ वडा खेलकुद समितिको संयुक्त आयोजनामा हुने भलिबल प्रतियोगिता यहि जेष्ठ २१ देखि २३ गते सम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगितामा झापाको ९ पालिका र मोरङ्गको ३ पालिकासहित १२ वटा पालिकाहरुको टीम सहभागि छन् ।
प्रतियोगिताको बिजेताले नगद ५० हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ्न भने उपबिजेताले टिमले नगद ३० हजारसहित मेडल ट्रफी र प्रमाणपत्रमा चित्त बुझाउने छ । त्यसैगरि बिद्यागत पुरस्कार समेत प्राप्त गर्ने आयोजक पाराबारी बजार ब्यबस्थापन समितिका अध्यक्ष मेगराज ओझाले बताए ।
