रामकुमारी झाँक्री

काठमाडौं, १५ असार–नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झांक्रीले पार्टीको नेतृत्व फेर्नुपर्ने बताएकी छन्।

शनिबार पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले नेतृत्वमा संवैधानिक संकट आएकाले फेर्नुपर्ने बताएकी हुन्।

‘पार्टीमा संकट छ। अध्यक्षकै बारेमा संकट आयो। अब के गर्नेरु अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौं। कसरी गर्नेरु,’ उनले भनिन्।

झांक्रीले अर्ली महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न सकिने तर काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने बताइन्।

‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ उनले भनिन्।

उनले नयाँ ढंगको प्रस्थानबिन्दु अर्ली महाधिवेशन नै रहेको बताइन्।

‘अर्ली महाधिवेशन गरौं। पुनर्गठन गरेर अध्यक्ष बनाऔं। कहाँ हुन्छ यसरीरु म त भन्छु,ु उनले भनिन्।

अध्यक्ष नेपालमाथि पतञ्जलीको जग्गामा भ्रष्टाचार गरेको आरोप छ।

विशेष अदालतले उनलाई ३५ लाख धरौटीमा छाडेको थियो।

भ्रष्टाचारको प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएपछि अध्यक्ष नेपालको सांसद पद पनि निलम्बनमा छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *