काठमाडौं, १५ असार–संघीय लोकतान्त्रिक मोर्चाले ६ प्रदेशमा सभा गर्ने भएको छ। आन (आइतबार) लाजिम्पाटस्थित बाबा होटलमा बसेको मोर्चाको बैठकले मोर्चाको उद्देश्य, औचित्य र आवश्यकताबारे प्रकाश पार्न काठमाडौं, भैरहवा, कैलाली, विराटनगर, जनकपुर र वीरगञ्जमा सभा आयोजना गर्ने निर्णय गरेको हो।

जसअनुसार काठमाडौंमा साउन १७ गते सभा आयोजना गर्ने मोर्चाले बताएको छ। भैरहवामा आगामी साउन २१ गते, कैलालीमा साउन २३ गते, वीराटनगरमा भदौ १६ गते, जनकपुरमा भदौ १८ गते र वीरगञ्जमा भदौ २० गते सभा आयोजना गर्ने मोर्चाको तयारी छ।

आजको बैठकले संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधि २०८२ पारित गरेको र आजकै मितिबाट लागू गर्ने निर्णय गरेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिए।

आजको बैठकको अध्यक्षता नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले गरेका थिए।

बैठकमा जनता समाजवादी पार्टी नेपालका तर्फबाट राजकिशोर यादव, मनिष सुमन, राम कुमार शर्मा सहभागी थिए। नागरिक उन्मुक्तिबाट संरक्षक चौधरी, सांसदद्वय लालवीर चौधरी, अरूण चौधरी सहभागी थिए।  राष्ट्रिय मुक्ति पार्टीबाट अध्यक्ष राजेन्द्र महतो, केशव झा, अनिल महासेठ थिए।

लोसपाबाट अध्यक्ष महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र झालगायत सहभागी थिए।

जनमत पार्टीबाट अब्दुल खान, जनता प्रगतिशील पार्टीबाट अध्यक्ष हृदयेश त्रिपाठी, शिवजी यादव, सबिर हुसेन र तमलोपाबाट अध्यक्ष वृषेश चन्द्र लाल, ब्रज किशोर सिंह सहभागी थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *